बैशाख १८, २०८१, मंगलबार
               

कोरोनाबाट पाँच लाख ३७ हजार बढीको मृत्यु

नेपाल फ्ल्यास
असार २२, २०७७

ADVERTISEMENT

कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ३७ हजार १०३ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड १५ लाख ७७ हजार ९६५ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ । 

सोमबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ६५ लाख ४६ हजार ८४५ जना निको भएका छन् । हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ४४ लाख ९४ हजार १७ व्यक्ति उपचाररत छन् । संक्रमितहरूमा ५८ हजार ६५५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । 

चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २९ लाख ८३ हजार १४२ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् ।  यस प्रकोपका कारण अमेरिकामा १ लाख ३२ हजार ५७१ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा २५ लाख १५ हजार ३६० जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ९३ हजार ७४१ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ३४ लाख ९४ हजार ६८७ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ७५ हजार ६५१ जनाको मृत्यु भएको छ । 

युरोपमा २४ लाख ८४ हजार ८६६ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९३ हजार ८४५ को मृत्यु भएको छ । एसिया २५ लाख ८६ हजार ६३२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ६२ हजार २६८ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा ४ लाख ७९ हजार ९१८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ११ हजार ४०० जनाको मृत्यु भएको छ ।  ओसियानामा १० हजार २३३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२८ जनाको मृत्यु भएको छ ।  


कस्तो लाग्यो ?

यो पनि