बैशाख १८, २०८१, मंगलबार
               

भारतले बनायो १० हजार शय्याको कोरोना भाइरस स्याहार गृह

नेपाल फ्ल्यास
असार २२, २०७७

ADVERTISEMENT

भारत विश्वकै तेस्रो धेरै कोरोना भाइरस संक्रमित हुने मुलुक बनेको छ। 

पछिल्लो तीन दिनमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि  भारत विश्वकै संक्रमित हुने तेस्रो मुलुक बनेको हो । 

भारतको स्वास्थ्य मन्त्रालयको आँकडाअनुसार त्यहाँ कुल संक्रमितको संख्या करिब ६ लाख ९० हजार पुगेको छ । 

दिन प्रतिदिन संक्रमितको संख्या बढिरहेका बेला भारतको राजधानी दिल्लीमा १० हजार शय्या रहेको कोरोना भाइरस स्याहार गृह खुलेको छ । 
उक्त स्याहार गृहमा सामान्य लक्षण भएका तथा कोभिड–१९ पोजेटिभ भए पनि कुनै लक्षण नदेखिएकाहरूको उपचार गरिने बताइएको छ ।
२० वटा फुटबल मैदानजत्रो आकारको उक्त स्याहार गृहलाई स्थानीय सञ्चारमाध्यमहरूले विश्वकै सबैभन्दा ठूलो कोरोना भाइरस केन्द्रका रूपमा व्याख्या गरिरहेका छन् ।

हाल सबैभन्दा धेरै संक्रमिति क्रमशः अमेरिका र ब्राजिलमा छन् । 


कस्तो लाग्यो ?

यो पनि