बैशाख १८, २०८१, मंगलबार
               

‘ढलमा भेटिएको कोरोनाबाट डराउनु पर्दैन’

नेपाल फ्ल्यास
असार २१, २०७७

ADVERTISEMENT

काठमाडौं । पानीको ढलमा भेटिएको कोरोना भाइरसको परीक्षण र त्यसको नियन्त्रण निकै सहज रहेको बेलायतका शोधकर्ताहरूले बताएका छन् ।

त्यस्तो परीक्षण मौजुदा प्रणालीमै आधारित भएर १० दिन चाँडो गर्न सकिने उनीहरूको भनाइ छ । बेलायतको ‘सेन्टर फर इकोलोजी एन्ड हाइड्रोलोजी’का शोधकर्ता एन्ड्र्यु सिङ्गरले ढल निकासमा रहेका कोरोनाका भाइरस गन्न सकिने र त्यसको स्याम्पल निकालेर परीक्षण गर्न कुनै कठिनाइ नभएको बताएका हुन् ।

‘‘यसले वर्तमान महामारीमा पनि जीवन सहज पार्न मद्दत पुग्नेछ,’’ उनले भने । ढलमा रहेका भाइरसको संक्रमण कसरी र कुन गतिमा फैलन सक्छ, त्यसको नियन्त्रणका उपाय के हुन सक्छन् भन्नेबारे न्युक्यासल, बङ्गोर तथा एडिनबर्गलगायतका विश्वविद्यालयका वैज्ञानिकको टोलीले स्थानीय पानी उत्पादक कम्पनीसँग मिलेर पहिलो चरणको काम सम्पन्न गरेका छन् ।

कोभिड–१९ महामारी कायमै रहँदा प्रारम्भिक अनुसन्धानले के पत्ता लगाएको छ भने, मानिसहरूले फोहोर फाल्ने स्थानमा भाइरल सामग्री फ्याँक्छन्। त्यसबाटै विभिन्न खालका भाइरस फैलन्छन् । ‘‘हामी विभिन्न स्थानमा रहेका ढलको पानी सङ्कलन गरी पालैपालो परीक्षण गर्दै प्रकोप न्यूनीकरण गर्न सक्छौं। हाम्रो नेटवर्कमा ६ वटा प्रयोगशाला छन्। ती परीक्षण  गर्न सक्षम छन्,’’ सिङ्गरले भने ।

उनीहरूसँग विश्वसनीय परीक्षण विधि भएका कारण ढलको पानीमा कोरोना भाइरस रहेको–नरहेको पत्ता लगाउन सहज छ। उनीहरू बलियो ढङ्गमा यस्ता स्थानमा कोरोनाको स्तर पत्ता लगाउने बारे जलउपचारको नेटवर्कका माध्यमबाट काम गरिरहेका छन् ।

क्युक्यासल युनिभर्सिटीका प्राध्यापक डेभिड ग्राहम भन्छन्, ‘‘अब आनुवांशिक फिङ्गर प्रिन्टबाट कोरोना छ कि छैन भन्न सहज भएको छ । ग्राहम र उनका सहयोगीहरूले कोरोना भाइरसबाट आनुवांशिक सामग्री निर्धारित गर्ने तरिका विकसित गरेका छन् ।

स्पेनलगायतका कतिपय मुलुकले ढल निकासको निगरानी सुरू गरिसकेका छन् । त्यहाँ केही प्रारम्भिक समस्या देखिएका छन् । मार्च २०१९ मै बार्सिलोनामा कोरोना भाइरस देखा परेको र प्रयोगशालाबाट भाइरस ढलमा पुगेको हुन सक्ने बताइएको छ ।

ढलको पानीमा रहेको भाइरसको प्रवृत्ति र त्यसको नियन्त्रणका उपाय खोजका लागि युके-वाइड नेटवर्क बन्नुपर्ने शोधकर्ताहरूको भनाइ छ । हालै नेपालमा पनि ढल निकासमा कोरोना भाइरस फैलिएको विषयले चिन्ता थपिदिएको छ । 


कस्तो लाग्यो ?

यो पनि