जेठ ०४, २०८१, शुक्रबार
               

न्युजिल्याण्डका स्वास्थ्यमन्त्रीद्वारा राजीनामा

नेपाल फ्ल्यास
असार १८, २०७७

ADVERTISEMENT

काठमाडौं । न्युजिल्याण्डका स्वास्थ्यमन्त्रीले बिहीबार पदबाट राजीनामा दिएका छन् ।

कोरोनाभाइरस नियन्त्रणका लागि प्रभावकारी भूमिका खेल्न नसकेको आरोप लागेपछि उनले राजीनामा दिएकाे बताइएको छ । स्वास्थ्य मन्त्री डेभिड क्लार्कको व्यवहार र बोलीले धेरै व्यक्तिलाई आक्रोसित र रुष्ट बनाएको भन्दै चर्को आलोचना भएको थियो । राजीनामा घोषणा गर्दै स्वास्थ्यमन्त्री क्लार्कले आफू जिम्मेवारीमा रहदाँसम्म सम्पूर्ण शक्ति लगाएर आफूले काम गरेको दावी गरे ।

उनले संसदमा आफु कानुन निर्माताकोरूपमा रहिरहने र त्यहाँबाट राम्रो भूमिका खेल्ने पनि उल्लेख गरे । कोरोनाभाइरस नियन्त्रणको मामिलामा न्युजिल्याण्ड विश्वमै अग्रस्थानमा सफल मानिएको छ, तर मन्त्रीका रुपमा क्लार्कको भूमिका भने आलोचित हुनपुग्यो ।


कस्तो लाग्यो ?

यो पनि