जेठ ०४, २०८१, शुक्रबार
               

भारतमा एकैदिन थप भए १९ हजार ४०० बढी कोरोना संक्रमित

नेपाल फ्ल्यास
असार १५, २०७७

ADVERTISEMENT

भारतमा दैनिक हजारौको संख्यामा नयाँ संक्रमितहरू थपिदै गएकाले कुल सङ्क्रमितको संख्या ५ लाख ४८ हजार ३१८ पुगेको छ ।

सरकारी अधिकारीहरूले सोमबार बिहान सार्वजनिक गरेको जानकारीअनुसार पछिल्लो २४ घण्टामा मात्रै १९ हजार ४५९ जना संक्रमित भएका छन् । 

भारतमा गएको २४ घण्टामा ३८० व्यक्तिको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या १६ हजार ५०७ पुगेको छ । 

देशभरी अहिले २ लाख १० हजार १२० जना संक्रमित अवस्थामै रहेका छन् भने संक्रमणमुक्त हुनेहरूको संख्या ३ लाख  २१ हजार ७२३ पुगेको छ ।

कोरोनाभाइरसबाट सवैभन्दा धेरै महाराष्ट्र प्रदेश प्रभावित भएको छ । सो प्रदेशमा कोरोनाभाइरसबाट संक्रमित भएका र मृत्यु भएकाहरूको संख्या सवैभन्दा धेरै रहेको छ ।

महाराष्ट्रमा मात्रै अहिलेसम्म १ लाख ६४ हजार ६२६ जना संक्रमित भएका छन् । त्यसैगरी केन्द्रिय राजधानी समेत रहेको दिल्ली प्रदेशमा ८३ हजार ७७ जना संक्रमित भएका मन्त्रालयका अधिकारीहरूले जानकारी दिएका छन् ।


कस्तो लाग्यो ?

यो पनि