जेठ ०८, २०८१, मंगलबार
               

चीनले बनाएको कोरोनाविरुद्ध खोप परीक्षणमा पनि सफल भएको दाबी

नेपाल फ्ल्यास
असार १५, २०७७

ADVERTISEMENT

काठमाडौं । चीनबाटै विश्वभर फैलिएर महामारीको रुप लिइरहेको कोरोना भाइरसविरुद्ध चीन आफैले बनाएको खोप मानिसमा गरेको पहिलो परीक्षणमा सफल भएको दाबी गरेको छ ।

आइतबार चीनले कोरोना (कोभिड– १९) विरुद्ध बनाएको नयाँ खोपको विकास गरेको दाबी गरेको समाचारमा जनाइएको छ । उक्त खोप मानिसमा पहिलो पटक गरेको परीक्षण भइसकेको र सफल पनि भएको चाइना नेशनल बायोटेक ग्रुप (सीएनबीजी) ले जनाएको छ ।

उक्त रिपोर्टमा उल्लेख गरिए अनुसार सो खोपले सुरक्षितसँग कोरोना प्रतिरोधी क्षमता बढाएको बताइइएको छ । उक्त खोप अनुसन्धानकर्ताहरुले यसले कोरोनाविरुद्ध  जुध्न एउटा आशाको सञ्चार गरेको जनाएका छन् ।

११२० जना स्वस्थ मानिसलाई परीक्षण खोप लगाइएको तथा ती मानिसमा खोपले उच्च मात्रामा रोग प्रतिरोधात्मक क्षमता बढाएको कम्पनीले दाबी गरेको छ । साथै, दोस्रो चरणको परीक्षण सफल भएमा तेस्रो चरणमा हजारौँ मानिसलाई खोप दिइने समाचारमा जनाइएको छ । 


कस्तो लाग्यो ?

यो पनि