जेठ ०८, २०८१, मंगलबार
               

कतारले डब्ल्युएचओलाई १० मिलियन डलर दिने

नेपाल फ्ल्यास
असार १४, २०७७

ADVERTISEMENT

दोहा । कतार सरकारले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)लाई १० मिलियन डलर दिने घोषणा गरेको छ ।

कतारका उपप्रधानमन्त्री एवं परराष्ट्र मामिला मन्त्री शेख मोहम्मद विन अब्दुल रहमान अलथानीले कतार सरकारले कोरोना महामारीसँग लड्न डब्ल्युएचओलाई १० मिलियन डलर प्रदान गर्ने घोषणा गरेका हुन् । 

यो रकमले कोरोनाभाइरस (कोभिड–१९) विरूद्दको खोप पत्ता लगाउन, उपचारमा सहयोग गर्न तथा चेकजाँचका दौरान डब्ल्युएचओलाई सहयोग पुग्ने कतारको विश्वास छ । 

डब्ल्युएचओलाई १० मिलियन डलर प्रदान गर्ने घोषणा गरेको कतारले यसअघि नै खोप विकासको लागि २० मिलियन डलर सहयोग गर्ने घोषणा गरिसकेको छ । 

शनिवार गैर नाफामुलक संस्था ग्लोवलसिटिजनले आयोजना गरेको वेव मिटिङमा कतार सरकारका तर्फबाट सहभागी उपप्रधान एवं परराष्ट्र मामिला मन्त्री अलथानीले उक्त घोषणा गरेका हुन् ।

वेब मिटिङमा उपप्रधान एवं परराष्ट्र मामिला मन्त्री अलथानीले विश्वलाई नै आक्रान्त बनाएको कोरोना महामारीसँग लड्न हातेमालो गरेकोमा युरोपियन आयोगलाई धन्यवाद पनि दिए । 

'कोरोना महामारीले विश्वको स्वास्थ्य व्यवस्थालाई मात्र चुनौति दिएको छैन, विश्व अर्थतन्त्र, शैक्षिक व्यवस्थाका साथै मानवीय मूल्य र मानयतामै ठूलो धक्का पुर्‍याएको छ ।' अलथानीले भने, 'यसकारण विश्वमै सबैले एकतावद्द भएर भाइरस विरूद्द लड्नुपर्ने आवश्यकता छ ।'

मन्त्री अलथानीले यो समयमा विश्व नै राजनीतिक रूपले विभाजित नभइ एकजुट भएर कोरोना जस्तो महामारीलाई पराजित गर्न धेरै भन्दा धेरै चेकजाँच तथा खोप विकासमा एकजुट हुनुपर्नेमा जोड दिए । 


कस्तो लाग्यो ?

यो पनि