जेठ ०८, २०८१, मंगलबार
               

भारतमा कोरोना संक्रमित पाँच लाख नाघ्यो

नेपाल फ्ल्यास
असार १३, २०७७

ADVERTISEMENT

भारतमा कोरोनाभाइरसबाट संक्रमितको कुल संख्या शनिबार पाँच लाखभन्दा बढी भएको छ । भारतमा दैनिक हजारौको संख्यामा नयाँ संक्रमितहरू थपिदै गएकाले कुल संक्रमितको संख्या पाँच लाखभन्दा बढी पुगेको हो ।

सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा मात्रै १८ हजारभन्दा बढी संक्रमित भएका छन् । भारतमा शनिबार बिहान सार्वजनिक गरिएको तथ्यांकअनुसार एकैदिनमा १८ लाख ५५२ जना संक्रमित भएका हुन् ।

गत जुनदेखि मात्रै भारतमा तीन लाख १८ हजार नयाँ संक्रमित थपिएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । देशभरी अहिले एक लाख ९७ हजार ३८७ जना संक्रमित अवस्थामै रहेका छन् भने सङ्क्रमणमुक्त हुनेहरूको संख्या दुई लाख ९५ हजार ८८० पुगेको छ ।   

भारतमा कोरोनाभाइरसबाट संक्रमित भएर अहिलेसम्म मृत्यु भएकाहरूको कुल संख्या १५ हजार ६८५ पुगेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । कोरोनाभाइरसबाट सवैभन्दा धेरै महाराष्ट्र प्रदेश प्रभावित भएको छ । सो प्रदेशमा कोरोनाभाइरसबाट संक्रमित भएका र मृत्यु भएकाहरूको संख्या सवैभन्दा धेरै रहेको छ । महाराष्ट्रमा मात्रै अहिलेसम्म एक लाख ५२ हजार ७६५ जना संक्रमित भएका छन् । 
त्यसैगरी केन्द्रिय राजधानी समेत रहेको दिल्ली प्रदेशमा ७४ हजार ६२२ जना संक्रमित भएको मन्त्रालयका अधिकारीहरूले जानकारी दिएका छन् ।  


कस्तो लाग्यो ?

यो पनि