जेठ ०८, २०८१, मंगलबार
               

भारतमा संक्रमितको संख्या ५ लाख नाघ्यो

एजेन्सी
असार १३, २०७७

ADVERTISEMENT

भारतमा कोरोना संक्रमितको संख्या ५ लाख नाघेको छ।

भारतमा गत २४ घण्टामा मात्रै १८ हजार ५५२ नयाँ कोरोना संक्रमित थपिएका हुन्। 

योसँगै भारतमा कोरोना संक्रमितको संख्या ५ लाख ८ हजार ९५३ पुगेको छ। 

पछिल्लो २४ घण्टामा थपिएका कोरोना संक्रमितको संख्या एकै दिन थपिएको संक्रमतिहरुको अहिलेसम्मकै उच्च संख्या हो।

पछिल्लो २४ घण्टामा मात्रै कोरोना संक्रमणका कारण ३८४ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

योसँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ हजार ६८५ पुगेको छ।

मन्त्रालयका अनुसार अहिलेसम्म २ लाख ९५ हजार ८८० संक्रपमितहरु उपचारपछि निको भएर घर फर्किसकेका छन् । 

भारतमा १ लाख ९७ हजार ३८७ जनाको विभिन्न अस्पताल तथा होम क्वारेन्टाइनमा उपचार भइरहेको छ। 


कस्तो लाग्यो ?

यो पनि