जेठ ०५, २०८१, शनिबार
               

कोरोना बैठकमा उपस्थित हुन डेनिस प्रधानमन्त्रीले गरिन् आफ्नै विवाह स्थगित

एजेन्सी
असार १२, २०७७

ADVERTISEMENT

डेनिस प्रधानमन्त्री मेट फ्रेडरिक्सनले कोभिड-१९ बारे बैठकमा उपस्थित हुन आफ्नो विवाह नै स्थगित गरेकी छन् ।

युरोपियन काउन्सिलको बैठक आगामी महिनामा तय गरिएको छ । तर, सोही मितिमा उनको विवाह पनि जुधेपछि यही बिहीबार विवाह नै स्थगित गरिन् । जुलाई १७ को दिन युरोपियन युनियनका नेताहरुबीच कोभिड १९ महामारीपछि पहिलोपटक बैठक तय भएको थियो । युरोपियन बजेट र कोभिड १९ संकटबाट निस्कने उपायबारे छलफल गर्न तय भएको उक्त बैठकअघि नै प्रधानमन्त्री फ्रेडरिक्सनको विवाह पनि तय भएको थियो ।

तर, प्रधानमन्त्रीले आफू विवाहको पर्खाइमा रहेको तर ब्रसेल्सको काउन्सिल बैठकका कारण विवाह स्थगित गर्नुपरेको जानकारी दिएकी हुन् । फ्रेडरिक्सन र उनका प्रेमी बो तेन्बर्गबीच विवाहको तयारी भएको हो ।

डेनमार्कमा कोरोनाभाइरसका कारण ६ सय भन्दा धेरैको मृत्यु भइसकेको छ । तर, १२ हजारभन्दा धेरैको उपचार भइसकेको छ । ४१ वर्षीया फ्रेडरिक्सन डेनमार्कमा सबैभन्दा कम उमेरकी प्रधानमन्त्री हुन् ।


कस्तो लाग्यो ?

यो पनि