बैशाख २०, २०८१, बिहीबार
               

ब्राजिलमा एकैदिन ४० हजारभन्दा बढी कोरोना संक्रमण पुष्टि

नेपाल फ्ल्यास
असार १२, २०७७

ADVERTISEMENT

एजेन्सी । ब्रजिलमा एकै दिन ४० हजारभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा ४० हजार ६७३ जनाका कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या १२ लाख ३३ हजार पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा ब्रजिलमा ११ सय ८० जनाको मृत्यु भएपछि कुल मृतकको संख्या ५५ हजार पुगेको छ ।

ब्रजिल कोरोनाबाट अत्यधिक प्रभावित विश्वको दोस्रो देश हो । पहिलो देश अमेरिकामा पछिल्लो २४ घण्टामा ३७ हजार नयाँ संक्रमित थपिएसँगै संक्रमितको कुल संख्या २५ लाख पुगेको छ । यसैगरी त्यहाँ पछिल्लो २४ घण्टामा ५ सय ९५ जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या १ लाख २६ हजार ७२६ पुगेको छ ।

भारतमा हालसम्मकै उच्च संख्यामा संक्रमितहरु भेटिएका छन् । त्यहाँ १८ हजार भन्दा बढी संक्रमित एकै दिनमा भेटिएपछि कुल संक्रमितको संख्या ४ लाख ९१ हजार पुगेको छ। भारतमा ४ सय १ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतकको संख्या १५ हजार ३०८ पुगेको छ ।

यसैगरी पाकिस्तान, बंगलादेश, साउदी अरब, दक्षिण अफ्रिका, चिली, मेक्सिको लगायतका देशमा संक्रमितको संख्या लगातार बढीरहेको छ । पछिल्लो २४ घण्टामा विश्वभर १ लाख ७५ हजार मानिस संक्रमित भएका छन् भने ५ हजार भन्दा बढीको मृत्यु भएको छ । चीनबाट फैलिएको उक्त कोरोना विश्वभर संक्रमितको संख्या ९७ लाख नजिक पुग्दा उपचारपछि कोरोनामुक्त हुनेको संख्या ५२ लाख ५० हजार पुगेको छ। यस्तै विश्वभर अहिलेसम्म कोरोनाबाट ४ लाख ९० हजार मानिसको मृत्यु भइसकेको छ ।
 


कस्तो लाग्यो ?

यो पनि