जेठ ०८, २०८१, मंगलबार
               

मेक्सिकोमा भूकम्पबाट मृत्यु हुनेको संख्या ७ पुग्यो

नेपाल फ्ल्यास
असार ११, २०७७

ADVERTISEMENT

मध्य अमेरिकी राष्ट्र मेक्सिकोमा मंगलबार गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ७ पुगेको बताइएको छ । मेक्सिकोको दक्षिणी क्षेत्रलाई केन्द्रविन्दु बनाएर मंगलबार ७‍.५ म्याग्नीच्यूडको भूकम्प गएको थियो । 

उक्त शक्तिशाली भूकम्पबाट जनधनको ठूलो क्षति भएको प्रारम्भिक रुपमा खुलेको बताइएको छ । बुधबार मेक्सिको सरकारले सो भूकम्पबाट कम्तीमा पनि सात जनाको निधन भएको बताइएको छ । 

बुधबार दिइएको प्रारम्भिक विवरणअनुसार भूकम्पका कारण सात जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । साथै यहाँका अधिकारीहरूले सो भूकम्पबाट कम्तीमा पनि दुई हजार घरहरू भत्किएको जनाएका छन् । 

भूकम्पबाट जोगिन यहाँका कैयौं मानिस घरबाहिर भागेका र यसका कारण ठूलो संख्याका नागरिक घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् ।  मेक्सिकोको राजधानी मेक्सिको सिटीभन्दा करिब ७०० किलोमिटर टाढाको ओक्जाका सहरमा सो भूकम्पले बढी क्षति पुर्‍याएको बताइएको छ ।

भूकम्पको झड्का निकै शक्तिशाली रहेकोले सो झड्कापछि घरहरू भत्किएर थिचेको र यसबाट मानिसको ज्यान गएको बताइएको छ ।     
 


कस्तो लाग्यो ?

यो पनि