जेठ ०४, २०८१, शुक्रबार
               

कोरोनाबाट विश्वभर ४ लाख ८५ हजार बढीको मृत्यु

नेपाल फ्ल्यास
असार ११, २०७७

ADVERTISEMENT

महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभर ४ लाख ८५ हजारभन्दा बढी मानिसको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । 

संगठनका अनुसार कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या ९५ लाख ४३ हजार पुगिसकेको छ जसमध्ये करिब ५२ लाख मानिस निको भएर डिस्चार्ज भएका छन् । करिब ५८ हजार मानिस अहिले पनि कोरोनाभाइरसको संक्रमणबाट निकै जटिल अवस्थामा छन् । 

कतिपय मुलुकमा कोरोनाको जोखिम कम भएर बिस्तारै जनजीवन खुकुलो भए पनि कतिपय अवस्थामा जोखिमलाई बेवास्ता गर्दै मानिसहरू सामाजिक दूरीजस्ता सामान्य नियम समेत तोड्न थालेका छन् । 

विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसको प्रभाव अझै कायम रहेकाले दोस्रो लहरको चपेटामा पर्न सक्ने भन्दै चेतावनी समेत दिइरहेको छ । खासगरी दक्षिण अमेरिका र भारतजस्ता मुलुकमा दैनिक ठूलो संख्यामा कोरोना संक्रमित देखिने क्रम रोकिएको छैन । 


कस्तो लाग्यो ?

यो पनि