जेठ ०४, २०८१, शुक्रबार
               

अमेरिकामा एकैदिन ३८ हजारभन्दा धेरै नयाँ संक्रमित, कति पुगे ?

नेपाल फ्ल्यास
असार ११, २०७७

ADVERTISEMENT

काठमाडौं । अमेरिकामा एकैदिन ३८ हजारभन्दा धेरै नयाँ कोरोना संक्रमित फेला परेका छन् । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार बुधबार ३८ हजार ३८६ नयाँ संक्रमित फेला परेका हुन् । बुधबार अमेरिकाका तीन राज्यमा अहिलेसम्मकै सबैभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् ।

क्यालिफोर्निया, टेक्सास र फ्लोरिडामा अहिलेसम्मकै सबैभन्दा धेरै नयाँ संक्रमित फेला परेका हुन् । अमेरिकाको सेन्सस ब्युरोको आँकलनअनुसार यी तीन राज्यमा अमेरिकाको समग्र जनसंख्याको एक चौथाइभन्दा धेरै मानिस बसोवास गर्छन् ।

टेक्सासमा बुधबार एकै दिन पाँच हजार ५ सय ५१ नयाँ संक्रमित फेला परेका हुन् । त्यस्तै, क्यालिफोर्नियामा सात हजार १ सय ४९ जना नयाँ संक्रमित फेला पर्दा फ्लोरिडामा पनि पाँच हजार ५ सय ११ नयाँ संक्रमित फेला परेका छन् ।

अमेरिकामा केही राजनीतिकर्मीले भने संक्रमितको संख्या बढ्नुको कारण परीक्षणको दायरा नबढाइनु रहेको बताउँदै आएका छन् । अघिल्लो साताको तुलनामा अमेरिकाका कम्तीमा २६ राज्यमा कोरोना भाइरसका नयाँ संक्रमितको संख्या बढिरहेको देखिएको छ ।

अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडीसी)ले जुलाईसम्म अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या डेढ लाख नाघ्ने चेतावनी दिएको छ । अहिलेसम्म अमेरिकामा कोरोना भाइरसका २४ लाख ६२ हजारभन्दा धेरै संक्रमित फेला परिसकेका छन् भने एक लाख २४ हजार २ सय बढीको मृत्यु पनि भइसकेको छ ।


कस्तो लाग्यो ?

यो पनि