जेठ ०८, २०८१, मंगलबार
               

रामदेव बाबाको कोरोनाको औषधि महाराष्ट्रमा पनि प्रतिबन्ध

नेपाल फ्ल्यास
असार ११, २०७७

ADVERTISEMENT

योगगुरु बाबा रामदेवको कथित कोरोनाभाइरसविरुद्धको औषधि ुकोरोनिलु माथि महाराष्ट्रको सरकारले पनि प्रतिबन्ध लगाइदिएको छ । यसअघि राजस्थान सरकारले पनि सो औषधिमाथि प्रतिबन्ध लगाएको थियो । 

महाराष्ट्र सरकारका गृहमन्त्री अनिल देशमुखले कोरोनिलको क्लिनिकल परीक्षणबारे स्पष्ट जानकारी नभएको बताए । यस्तोमा महाराष्ट्रमा यस औषधीको बिक्री वितरणमा प्रतिबन्ध रहनेछ । 

यसअघि, मंगलबार उपमुख्यमन्त्री अजित पवारले विश्वास हुनेले यो औषधी प्रयोग गर्न सकिने बताएका थिए ।

महाराष्ट्रका गृहमन्त्री अनिल देशमुखले भनेका छन्, ‘नेशनल इन्सिटिट्युट अफ मेडिकल साइन्सेस, जयपुरले पतञ्जलीको कोरोनिलको क्लिकिल परीक्षण गरिएको थियो वा थिएन भन्ने पत्ता लगाउने छ । हामी बाबा रामदेवलाई चेतावनी दिन्छौँ कि हाम्रो सरकारले महाराष्ट्रमा नक्कली औषधि बिक्रीको अनुमति दिने छैन ।’

बाबा रामदेवले कोरोनाको औषधी बनाएको दाबी गर्दै कोरोनिल र श्वसारी नामको औषधी सार्वजनिक गरेका थिए । यसले सात दिनमा कोरोना संक्रमितलाई शत प्रतिशत निको पार्ने दाबी गरेका थिए । औषधी सार्वजनिक भएको पाँच घण्टापछि सरकारले यसको प्रचारमा रोक लगाएको थियो ।

सरकारले औषधीको वैज्ञानिक परीक्षण हुन बाँकी रहेको बताउँदै औषधीको लाइसेन्स, औषधीमा प्रयोग भएको सामग्री परीक्षण गरिएको स्थान, अस्पताल प्रोटोकल, स्याम्पलको आकार आदि माग गरेको थियो । पतञ्जलीले मन्त्रालयलाई ११ पानाको जवाफ पठाएको छ ।

यता, बाबा रामदेवले कोरोनिल र श्वसारीले कोरोनाको परीक्षणबाट शत प्रतिशत नतिजा अएको दाबीलाई दोहोर्याएका छन् ।


कस्तो लाग्यो ?

यो पनि