जेठ ०८, २०८१, मंगलबार
               

ब्राजिलमा थपिए एकै दिन ३९ हजार संक्रमित

नेपाल फ्ल्यास
असार १०, २०७७

ADVERTISEMENT

ब्राजिलमा पछिल्लो चौबिस घण्टामा झन्डै साढे ३९ हजार कोरोना संक्रमित थपिएका छन् ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा ३९ हजार चार सय ३६ कोरोना संक्रमित थपिएको पुष्टि गरेको छ । ब्राजिलमा कोरोना संक्रमितको संख्या ११ लाख पुगिसकेको छ ।

ब्राजिलमा पछिल्लो चौबिस घण्टामा कोरोनाका कारण एक हजार तीन सय ४७ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले अहिलेसम्म कोरोना महामारीका कारण ५२ हजार ६ सय ४५ जनाको मृत्यु भइसकेको छ । 

विश्वमा हालसम्म ९३ लाख ७० हजार संक्रमित पुगेका छन् भने ४ लाख ८० हजार नाघेको छ । त्यसैगरी, निको हुनेको संख्या ५० लाख ६० हजार नाघिसकेको छ ।


कस्तो लाग्यो ?

यो पनि