जेठ ०८, २०८१, मंगलबार
               

विश्वमा चार लाख ७४ हजारभन्दा बढीको मृत्यु

एजेन्सी
असार ०९, २०७७

ADVERTISEMENT

कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ७४ हजार ५०३ पुगेको छ । 

कोरोना संक्रमणबाट विश्वभर ९१ लाख ९४ हजार ९६० जना संक्रमित भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जानकारी दिएको छ । 

नेपाली समयानुसार मंगललबार अपराह्नसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका  ४९ लाख ४१ हजार ७४६  जना निको भएका छन्।

हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ३७ लाख ७८ हजार ३११ व्यक्ति उपचाररतछन् । 

संक्रमितहरुमा ५७ हजार ९१३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । 

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।     

डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २३ लाख ८८ हजार २२५ जनामा कोरोना भाइरसका संक्रमित छन् ।  

यस प्रकोपका कारण अमेरिकामा १ लाख २२ हजार ६११ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा १८ लाख १७ हजार ३२२ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ७२ हजार ६२९ जनाको मृत्यु भएको छ ।

उत्तर अमेरिकामा २७ लाख ७४ हजार ८६४ जना कोरोना भाइरस संक्रमति छन् । यहाँ १ लाख ५६ हजार २२३ जनाको मृत्यु भएको छ । 

युरोपमा २३ लाख  २७ हजार  ७२३ जना कोरोना भाइरस संक्रमित छन् भने १ लाख ८७ हजार ९५४ को मृत्यु भएको छ ।

एसियामा १९ लाख ४६ हजार ३७९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ४९ हजार १८७ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा ३ लाख १८ हजार ३२१ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने  ८ हजार ३७१ जनाको मृत्यु भएको छ ।  

ओसियानामा  ९ हजार ११५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२४ जनाको मृत्यु भएको छ ।


कस्तो लाग्यो ?

यो पनि