जेठ ०५, २०८१, शनिबार
               

अमेरिकाद्वारा ग्रिन कार्ड र वर्किङ भिसामा प्रतिबन्ध

नेपाल फ्ल्यास
असार ०९, २०७७

ADVERTISEMENT

अमेरिकी सरकारले ग्रीन कार्ड र वर्किङ भिसामा आउने डिसेम्बर महिनासम्मका लागि प्रतिवन्ध लगाएको छ ।

कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण आर्थिक रुपमा प्रभावित भएका अमेरिकीहरुलाई रोजगारी दिन यस्तो निर्णय लिइएको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ ।

सोमबार अमेरिकी सरकारले गरेको यो निर्णयबाट उच्च सीप भएका प्रविधि क्षेत्रका कामदार, गैरकृषि क्षेत्रका मौसमी सहयोगी, मध्यम र उच्च तहमा रहेर काम गर्ने कामदारहरु प्रभावित हुने भएका छन् ।

नयाँ नियमका कारण अमेरिकामा काम गर्ने झण्डै पाँच लाख २५ हजार विदेशी प्रभावित हुने बीबीसीले उल्लेख गरेको छ । 

जसमा स्थायी आवासका लागि नयाँ ग्रिन कार्डका प्राप्त गर्ने तयारीमा रहेका झण्डै एक लाख ७० हजार विदेशी कामदार छन् ।

सोमवारबाट लागू गरिएको नियम त्यहाँ रहेर काम गरिरहेका र अमेरिकी भिसा म्याद भएकामाथि लागू हुने छैन । 

अमेरिकामा अध्ययनका लागि गएका विद्यार्थीहरुले पाउने अप्सनल प्राक्टिकल ट्रेनिङलाई भने यसले कुनै असर नपर्ने बताइएको छ ।

यो पनि