पछिल्लो २४ घणटाभित्र कोरोनाभाइरसबाट भारतमा ४४५ जनाको मृत्यु भएको छ ।
भारतमा कुल संक्रमितको संख्या ४ लाख २६ हजार ९१० पुगेको छ भने हालसम्म १३ हजार ७०३ जनाको मृत्यु भइसकेको छ।
यस्तै, कुल संक्रमितमध्ये २ लाख ३७ हजार २५२ जना उपचारपछि निको भएका छन् भने १ लाख ७५ हजार ९५५ जना उपचाररत छन्।
विश्वभरिका कुल संक्रमितमध्ये ४८ लाख ४७ हजार निको भइसकेका छन् भने ४ लाख ७० हजार ९३९ जनाको मृत्यु भइसकेको छ।कोरोनाभाइरसको महामारीबाट सबैभन्दा बढी प्रभावित देशहरुमध्ये भारत चौथो स्थानमा छ ।