जेठ ०६, २०८१, आइतबार
               

बढ्दैछ कोरोना संक्रमण, विश्वमा एकैदिन थपिए अहिलेसम्मकै बढी संक्रमित

एजेन्सी
असार ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । विश्वमा कोरोना संक्रमण झन् बढ्दै गएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार विश्वमा अहिलेसम्म एकैदिन सबैभन्दा बढी व्यक्तिमा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टाको तथ्यांक अनुसार ८३ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ६० प्रतिशत संक्रमित त दक्षिण अमेरिकाका मात्र छन् । विश्वमा अहिले कोरोनाबाट अमेरिका सबैभन्दा पीडित बनेको छ।

डब्लूएचओको तथ्यांकअनुसार अमेरिकामा अहिलेसम्म २२ लाख ७९ हजार जनामा संक्रमण पुष्टि भइसकेको छ । तीमध्ये २ लाख २० हजारभन्दा बढी संक्रमितको मृत्यु भइसकेको छ । 

अमेरिकापछि ब्राजिल दोस्रो नम्बरमा छ, जहाँ ११ लाख संक्रमित फेला परिसकेका छन् । ब्राजिलमा ५० हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु भइसकेको छ । 

डब्लूएचओको तथ्यांकअनुसार विश्वभर संक्रमितको संख्या ८९ लाखभन्दा बढी पुगेको छ । ६७ लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।


कस्तो लाग्यो ?

यो पनि