जेठ ०६, २०८१, आइतबार
               

चीनमा थप २२ जनामा देखियो कोरोना, संक्रमण यूरोपबाट भित्रिएको दाबी

एजेन्सी
असार ०७, २०७७

ADVERTISEMENT

चीनको राजधानी बेइजिङमा नयाँ विरामी भेटिएपछि संक्रमितको गरिएका करिब २० लाख परीक्षणमा थप २२ जना संक्रमित भेटिएको चिनियाँ अधिकारीहरूले बताएका छन् ।

चीनले गत डिसेम्बरमा पहिलो कोभिड–१९ विरामी भेटेपछि करिब तीन महिनाको अवधिमा गरेको अथक प्रयासपछि चीनमा कोरोनाभाइरस संक्रमण नियन्त्रणमा आएको बताएको थियो ।

केही दिन पहिले चीनको राजधानी नजिकै रहेको सिनफादी मासु बजार क्षेत्रमा कार्यरत व्यवसायी तथा कर्मचारीमा संक्रमण देखिएपछि उक्त बजारसँगको सम्पर्क रहने स्थानीय वस्ती र विद्यालयहरू बन्द गरेर परीक्षण तथा उपचारमा तदारूकता देखाएको थियो ।

आइतबार संक्रमितमध्ये एक जना स्वास्थ्यकर्मी (नर्स) पनि रहेको बेइजिङले जनाएको छ । 

सिनफादीमा सङ्क्रमण देखिएपछि गरिएका परीक्षणमा अहिलेसम्म २२० जना संक्रमित भेटिएका चिनियाँ समाचार संस्था सिन्ह्वाले उल्लेख गरेको छ ।

पछिल्लो पटक संक्रमण पुष्टि भएपछि संक्रमण नियन्त्रणका लागि सिनफादी वरपरका करिब २०० वस्तीमा करिब २३ लाख नागरिकको कोभिड–१९ परीक्षण गरिएको बताइएको छ । 

यसैबीच चीनले विदेशबाट आपूर्ति हुने खाद्य सामग्रीमार्फत कोरोना संक्रमण भित्रिएको भन्दै परीक्षणलाई कडा पारेको छ । 

चीनको राजधानीस्थित एक मासु बजारबाट कोभिड–१९ संक्रमित भेटिएको रिपोर्टसँगै खाद्य सामग्री (खासगरी सीफुड) को परीक्षणमा कडाई गरेको थियो ।

चिनियाँ स्वास्थ्यविदहरूले पछिल्लो समय कोभिड–१९ संक्रमित विरामीमा यूरोपमा कोरोना भाइरस संक्रमित विरामीको जस्तो लक्षण भेटिएको उल्लेख गरिएको छ ।

पछिल्लो चरणमा संक्रमण पुष्टि भएका विरामीको लक्षण यूरोपका विरामीको लक्षणसँग मिल्दाजुल्दा रहेकोले यतिवेलाको संक्रमण ‘यूरोपबाट चीन भित्रिएको’ चिनियाँ रोग नियन्त्रण तथा रोकथाम केन्द्रका झाङ योङले बताए । 

चीनमा पछिल्लो चरणमा फैलिएको संक्रमण यूरोपमा अहिले आउने विरामीकोभन्दा अलिक पूरानो स्वरूपको रहेको भेटिएको उनको दावी छ ।

सिनफादी क्षेत्रका विदेशबाट ल्याइएका सालमन जातका माछा काटिने अचानामा संक्रमण भेटिएको चिनियाँ अधिकारीले बताएका छन् । 

यसै आधारमा चीनमा पछिल्लो समय देखिएको संक्रमण यूरोपबाट चीन आपूर्ति हुने बरफमा राखी ल्याइएका सीफुडसँगै भित्रिएको हुनसक्ने झाङको दावी थियो । 


कस्तो लाग्यो ?

यो पनि