जेठ ०६, २०८१, आइतबार
               

कोरोना संक्रमणबाट आइएसआई कमाण्डरको मृत्यु

एजेन्सी
असार ०७, २०७७

ADVERTISEMENT

पाकिस्तानमा आइतबार विहानसम्म एक लाख ७१ हजार ६६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

संक्रमितमध्ये तीन हजार ३४२ जनाको मृत्यु भएको छ । यस्तै संक्रमितमध्ये ६३ हजार ५०४ जना निको भइ घर फर्किएका छन् ।

पाकिस्तानमा प्रति १० लाख जनसङ्ख्या बराबर ७७८ जना कोभिड–१९ संक्रमित छन् भने १५ जनाको मृत्यु भएको छ । 

पाकिस्तानमा आइतबारसम्म १० लाख ८२ हजार ७८७ व्यक्तिको कोभिड–१९ परीक्षण गरिएको छ ।

पाकिस्तानको बढी प्रभावित प्रान्तहरूमध्ये सिन्ध प्रान्तमा सबैभन्दा बढी ६५ हजार १६३, पञ्जाबमा ६४ हजार २१६, इस्लामावादमा १० हजार २७९ र बलुचिस्तानमा नौ हजार १६२ संक्रमित छन् । 

आइएसआई कमाण्डरको मृत्यु

पाकिस्तानको अन्तर–सेवा गुप्तचर (इन्टर–सर्भिसेज इन्टिलिजेन्स/आइएसआई) का बलुचिस्तानमा कार्यरत वरिष्ठ अधिकारी ब्रिग हसन अफजालको शनिबार मृत्यु भएको छ । उनलाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।

पाकिस्तानी स्रोतहरूका अनुसार उनी आइएसआईको बलुचिस्तान क्षेत्रको कमाण्डर हुनुहुन्थ्यो । पाकिस्तानको विकट प्रान्त मानिने बलुचिस्तानमा आधुनिक स्वास्थ्य सेवाका लागि आवश्यक पूर्वाधार नभएका कारण मृत्यु भएको आशङ्का गरिएको छ ।

बलुचिस्तानका जनस्वास्थ्य कार्यालयका महानिर्देशक डाक्टर सलिम एब्रोले हालै पत्रकार सम्मेलनमा बलुचिस्तानमा आगामी केही महिना (जुलाई देखि सेप्टेम्बर)भित्र संक्रमित एक लाखभन्दा बढी पुग्ने भन्दै नागरिकहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि