जेठ ०६, २०८१, आइतबार
               

भारतमा एकैदिन १५ हजारभन्दा बढीमा कोरोना संक्रमण

एजेन्सी
असार ०७, २०७७

ADVERTISEMENT

भारतमा एकैदिन कोरोना भाइरस (कोभिड–१९) का १५ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् । 

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ४१३ संक्रमित फेला परेका छन् । 

योसँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि चार लाख नाघेको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या चार लाख १० हजार ४६१ पुगेको छ ।

त्यस्तै अहिलेसम्म भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि १३ हजार २५४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ३०६ जनाको मृत्यु भएको हो ।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसका एक लाख २८ हजार २०५ संक्रमित फेला परेका छन् भने पाँच हजार ९८४ जनाको मृत्यु भइसकेको छ । 

त्यस्तै तामिलनाडुमा अहिलेसम्म ५६ हजार ८४५ संक्रमित फेला परेका छन् भने ७०४ जनाको मृत्यु भइसकेको छ । 

दिल्लीमा ५६ हजार ७४६ संक्रमित भेटिँदा दुई हजार ११२ को मृत्यु भइसकेको छ । 

गुजरातमा २६ हजार ६८० संक्रमित फेला परिसकेका छन् भने एक हजार ६३८ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै उत्तर प्रदेशमा अहिलेसम्म १६ हजार ५९४ संक्रमित फेला परेका छन् भने ५०७ जनाको मृत्यु भएको छ । 

पश्चिम बंगालमा १३ हजार ५३१ संक्रमित भेटिएका छन् भने ५४० जनाको मृत्यु भइसकेको छ । 

बिहारमा सात हजार ५३३ संक्रमित फेला परेका छन् भने ५२ जनाको मृत्यु भइसकेको छ ।

अहिलेसम्म भारतमा दुई लाख २७ हजार ७५६ डिस्चार्ज  भइसकेका छन् ।


कस्तो लाग्यो ?

यो पनि