जेठ ०६, २०८१, आइतबार
               

कोरोना भाइरस : विश्वभर ८९ लाखभन्दा बढी संक्रमित

नेपाल फ्ल्यास
असार ०७, २०७७

ADVERTISEMENT

साढे ५ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर ८९ लाखभन्दा बढी संक्रमित भएका छन् ।

आइतबार बिहानसम्म एकै दिन १ लाख ५६ हजार ९२३ जना संक्रमित भएका छन् । योसँगै विश्वभर संक्रमितको संख्या ८९ लाख ८ हजार ५ सय ५६ पुगेको छ ।


विश्वभर पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ४ हजार ४ सय २८ छ । योसँगै मृत्यु हुनेको संख्या ४ लाख ६६ हजार २ सय ६६ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म विश्वका २ सय १३ मुलुक र २ पानीजहाजमा फैलिएको संक्रमणबाट उपचारपछि निको हुनेको संख्या ४७ लाख ३३ हजार १८ पुगेको छ भने ३७ लाखभन्दा बढीको उपचार भइरहेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ८७ हजार ३ सय ८७ जनाको मृत्यु भएको छ । २२ लाख ९७ हजार ७ सय ६७ जना संक्रमित भएकोमा १२ लाख ४९ हजार ५ सय ५३ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ५३ हजार २०८ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २६ लाख ९४ हजार ४ सय ७९ पुगेको छ । त्यसमध्ये १२ लाख ४ हजार ७ सय ३८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा ४७ हजार २ सय ९१ जनाको मृत्यु भएको छ । १८ लाख ६० हजार ४ सय ८८ जना संक्रमित भएकोमा ११ लाख ७५ हजार ७ सय २२ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा ७० हजार २ सय ८७ जनाको मृत्यु भएको छ । १७ लाख ४४ हजार ३ सय ७ संक्रमित भएकोमा ९ लाख ४८ हजार ८ सय ९९ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ७ हजार ९ सय ४१ जनाको ज्यान गएको छ भने २ लाख ९९ हजार ८४१ संक्रमित छन् । संक्रमितमध्ये १ लाख ४४ हजार ९ सय ८५ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ९ हजार ५२ जना संक्रमित भएकोमा ८ हजार ४ सय ७० जना संक्रमणमुक्त भएका छन् ।


कस्तो लाग्यो ?

यो पनि