जेठ ०६, २०८१, आइतबार
               

अमेरिकाको वायुसेनाको प्रमुखमा पहिलोपटक महिला

नेपाल फ्ल्यास
असार ०६, २०७७

ADVERTISEMENT

जोआन एस बासले अमेरिकी वायुसेनाको प्रमुख मास्टर सेर्जेन्टको रुपमा जिम्मेवारी सम्हालेकी छिन् । 

अमेरिकी वायुसेनाको इतिहासमा पहिलोपटक मुख्य जिम्मेवारी पाउने उनी पहिलो महिला हुन् । 

उनी अमेरिकी सैनिक सेवाको नेतृत्व गर्ने पहिलो अफ्रिकन मुलकी अमेरिकन महिला पनि हुन् ।

हाल उनी मिसिसिपीको केसलर एर फोर्स बेसमा कमान्ड चिफ मास्टर सर्जेन्टको रुपमा सेवा गरिरहेकी छिन् ।

सन् १९९३ मा वायु सेनामा उनी भर्ती भएकी थिइन् । 

त्यसैगरी अमेरिकाले केही दिनअघि पहिलोपटक अस्वेत सिनेटले जनरल चाल्र्स क्यु ब्राउनलाई वायु सेनाको चिफ अफ स्टाफ (जनरल) पदमा नियुक्त गरेको थियो ।

ब्राउन पहिलोपटक अश्वेतहरुको तर्फबाट सैनिक अफिसर बन्ने व्यक्ति हुन् ।  अब उनले यही अगष्टदेखि सो जिम्मेवारी सम्हाल्दैछन् ।


कस्तो लाग्यो ?

यो पनि