मंसिर ०७, २०८१, शुक्रबार
               

भारतमा एकैदिन थपिए करिब १३ हजार कोरोना संक्रमित

नेपाल फ्ल्यास
असार ०४, २०७७

ADVERTISEMENT

भारतमा पछिल्लो २४ घण्टाभित्र कोरोनाभाइरसबाट  १२ हजार ८८१ जना सक्रमित भएका छन् । भारतमा कुल संक्रमितको संख्या ३ लाख ६६ हजार ९४६ पुगेको अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।  

स्वास्थ्य अधिकारीहरूका अनुसार भारतमा अहिले पनि १ लाख ६० हजार ३८४ जना संक्रमित अवस्थामै रहेका छन् भने अरु १ लाख ९४ हजार ३२५ जना संक्रमणमुक्त भएका छन् । भारतका स्वास्थ्य अधिकारीहरुले बिहीबार बिहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको संख्या ३३४ रहेको छ । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको कुल संख्या १२ हजार २३७ पुगेको छ । 

भारतमा प्रदेशअनुसार हेर्दा सवैभन्दा धेरै संक्रमित महाराष्ट्र प्रदेशमा रहेका छन् । यस प्रदेशमा अहिलेसम्म १ लाख १६ हजार ७५२ जना सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् । ती मध्ये कुल ५१ हजार ९३५ जना अझै पनि संक्रमित अवस्थामै रहेका छन् भने अरु ५९ हजार १६६ जना संक्रमणमुक्त भइसकेका छन् । 

त्यसैगरी दोस्रो धेरै संक्रमित रहेको तमिलनाडु प्रदेशमा ५० हजार १९३ जना रहेका छन् । राजधानी रहेको दिल्ली प्रदेशमा ४७ हजार १०२ जना सङ्क्रमित भएका छन् । 


कस्तो लाग्यो ?

यो पनि