जेठ ०१, २०८१, मंगलबार
               

बेइजिङका उडान, रेलसेवा र शैक्षिक संस्थालगायत फेरि बन्द

नेपाल फ्ल्यास
असार ०४, २०७७

ADVERTISEMENT

बेइजिङमा कोरोना भाइरस विरुद्धको लडाई सशक्त बनाउन थालेको छ । पछिल्लो समयमा अनपेक्षित रुपमा कोरोना संक्रमितहरू बढ्न थालेपछि बेइजिङमा उच्च सतर्कता अपनाउन थालिएको हो ।

उच्च सतर्कता अपनाउने क्रममा बेइजिङमा रहेका दुई ओटा विमानस्थलबाट हुने सयौँ आन्तरिक उडान रद्ध गरिएको छ । अधिकारीहरूले दिएको जानकारीअनुसार  करिब १ हजार २५५ ओटा आन्तरिक उडान रद्ध भएका हुन् ।  

बेइजिङमा अहिलेसम्म ९० हजार जनाको कोरोना परिक्षण गरिएको र बढ्दो रुपमा नयाँ संक्रमित भेटिएपछि सरकारी अधिकारीहरूले उच्च सतर्कता अपनाउने निर्णय गरेका हुन् । बेइजिङबाट हुने अन्तर्राष्ट्रिय उडान भने यसअघि देखि नै बन्द हुदै आएको थियो । त्यो अनिश्चितकालका लागि स्थगित गरिएको छ ।  

त्यसैगरी,  राष्ट्रिय रेल मार्गबाट पनि बेइजिङभन्दा बाहिर जानका लागि बन्द गरिएको छ । टिकट काटिसकेको छ भने पनि रकम फिर्ता दिने गरिएको अधिकारीहरूको भनाइ छ ।

बुधबारदेखि माध्यामिक तथा प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई अनलाईन अध्ययन अध्यापनमा जोड दिन लगाइएको छ । कलेजका शंकास्पद विद्यार्थीहरूलाई भने कलेजमै फिर्ता गरिएको छ ।बेइजिङका सार्वजनिक स्थलहरूमा आवत जावत गर्न पनि कडाई गरिएको छ । 


कस्तो लाग्यो ?

यो पनि