जेठ ०१, २०८१, मंगलबार
               

कार्यशैली ठिक नभएको भन्दै राहुलले गरे मोदी सरकारको विरोध

नेपाल फ्ल्यास
असार ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । विपक्षी कंग्रेस आई पार्टीले मोदी सरकारको विरोध गरेको छ । 

कंग्रेस आईका नेता राहुल गन्धीले बुधबार एक ट्विट गर्दै मोदी सरकारको विरोध गरेका हुन् । 

भारत र चीनबीच विवाद चर्किरहेका बेला उनले मोदी सरकारको विरोध गरेका हुन् । 

उनले कार्यशैलीलाई देखाउँदै मोदीको विरोध गरेका छन् । 

‘किन प्रधानमन्त्री चुप छन् ? किन उनी लुकेका छन् ? इनफ इज इनफ । के भएको थियो भनेर हामीले जानकारी पाउनुपर्छ,’ गान्धीको ट्विटमा भनिएको छ, ‘किन चीनले हाम्रा सैनिक मार्ने आँट गर्‍यो ? कसरी उनीहरुले हाम्रो भूमि लिने आँट गरे ?’

 

भारत–चीन सीमामा भएको दुई सेनाबीच भएको झडपमा २० जना भारतीय सैनिकको मृत्यु भएको छ । तर, चीनले भने आफ्ना कति सैनिक मारिए भन्ने विषय खुलाएको छैन ।

भारत र चीनबीच लामो समयदेखि सीमा क्षेत्रमा विवाद रहिआएको छ । 

यो पनि