जेठ ०६, २०८१, आइतबार
               

कोरोनाबाट ४ लाख ४६ हजारभन्दा बढीको मृत्यु

एजेन्सी
असार ०३, २०७७

ADVERTISEMENT

कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ४६ हजार १८० पुगेको छ । 

साथै यस संक्रमणबाट विश्वभर ८२ लाख ६५ हजार ९३२ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ । 

नेपाली समयानुसार बुधबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ४३ लाख २३ हजार ७३ जना निको भएका छन्। 

हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ३५ लाख व्यक्ति उपचाररत छन् । संक्रमितहरुमा ५४ हजार ५९२ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । 

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । 

डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २२ लाख  ८ हजार ४०० जनामा कोरोना भाइरसका संक्रमित छन् ।  

यस प्रकोपका कारण अमेरिकामा १ लाख १९ हजार १३२ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा १५ लाख १४ हजार ४९८ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ६३ हजार २९० जनाको मृत्यु भएको छ । 

उत्तर अमेरिकामा २५ लाख ४५ हजार २३१ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ४७ हजार ८९५ जनाको मृत्यु भएको छ । 

युरोपमा २२ लाख ३५ हजार ९७० जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ८३ हजार ९९८ को मृत्यु भएको छ । 

एसियामा १६ लाख ९८ हजार ५९९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ४३ हजार ८१२ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा २ लाख ६१ हजार ९३९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ७ हजार ४६ जनाको मृत्यु भएको छ ।  

ओसियानामा ८ हजार ९८३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२४ जनाको मृत्यु भएको छ ।  


कस्तो लाग्यो ?

यो पनि