जेठ ०५, २०८१, शनिबार
               

ब्राजिलमा एकैदिन थपिए ३५ हजार संक्रमित

एजेन्सी
असार ०३, २०७७

ADVERTISEMENT

ब्राजिलमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसको ३४ हजार ९ सय १८ नयाँ संक्रमित देखिएका छन् ।

यसका साथै ब्राजिलमा हालसम्म कोरोनाका कूल ९ लाख २३ हजार १ सय ८९ संक्रमित पुगेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार ब्राजिलमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण कूल १ हजार २ सय ८२ जनाको ज्यान गएको छ । 

यहाँ मृतकको संख्या ४२ हजार २ सय ४१ पुगेको छ ।

मृत्यु र संक्रमणको हिसाबले ब्राजिल अमेरकापछि दोस्रो स्थानमा छ । 

ओर्गनाइजेशन फर इकनोमिक को–अपरेशन एण्ड डेभलपमेन्टले ब्राजिललाई कोरोनाको दोस्रो लहर आए यहाँको अर्थव्यवस्था ९.१ प्रतिशत भन्दा पनि तल खस्कने चेतावनी दिएको छ ।


कस्तो लाग्यो ?

यो पनि