जेठ ०६, २०८१, आइतबार
               

संक्रमण बढेपछि चीनमा पुनः लकडाउन

नेपाल फ्ल्यास
असार ०१, २०७७

ADVERTISEMENT

चीनमा लगातार दोस्रो दिन कोरोना संक्रमितको संख्या थपिएपछि लकडाउन गरी आसपासका हजारौँ मानिसको परीक्षण सुरु गरिएको छ ।

बेइजिङको हेडियान इलाकामा एक थोक बजारमा कोरोना संक्रमित भेटिएपछि सो आसपासका १० इलाकामा लकडाउन लागू गरिएको छ साथै परीक्षण गर्ने काम जारी रहेको अधिकारीहरूले जनाएका छन् । पछिल्लो २४ घन्टामा ४९ जना नयाँ संक्रमित थपिएको र त्यसमध्ये ३६ संक्रमित बेइजिङका रहेको जनाएका छन् । 

चीनमा पछिल्लो दुई दिनदेखि पुनः कोरोना संक्रमितको संख्या बढ्न थालेको हो । यसअघि गत साता बेइजिङमा रहेको एक खाद्य बजारमा कोरोना संक्रमण पाइएको थियो । 

गत वर्षको डिसेम्बरमा वुहानबाट कोरोना भाइरसको संक्रमण फैलिए पनि चीनले त्यसलाई नियन्त्रणमा लिन सफल भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि