जेठ ०६, २०८१, आइतबार
               

कोरोना सङ्क्रमितको संख्या ८० लाख नाघ्यो

नेपाल फ्ल्यास
असार ०१, २०७७

ADVERTISEMENT

विश्वमा कोरोना सङ्क्रमितको संख्या ८० लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै विश्वमा १ लाख २३ हजार ६ सय ४५ जना नयाँ सङ्क्रमित थपिएका छन् । अमेरिकामा २१ लाख ६२ हजार २ सय २८ जना सङ्क्रमित भएका छन् । त्यहाँ अहिलेसम्म ८ लाख ७० हजार ५० जना उपचार पछि निको भएका छन् भने एक लाख १७ हजार ८ सय ५८ जनाको ज्यान गएको छ ।

यस्तै सङ्क्रमण धेरै भएको देशको दोस्रो स्थानमा रहेको ब्राजिलमा ८ लाख ६७ हजार ८ सय ८२ जना सङ्क्रमित भएका छन् । ब्राजिलमा ४ लाख ५३ हजार ५ सय ६८ जनाले कोरोनालाई जितेका छन् भने ४३ हजार ३ सय ८९ जनाको ज्यान गएको छ ।

यसैगरी रुसमा ५ लाख ३७ हजार २ सय १० जना सङ्क्रमित छन् भने ७ हजार ९१ जनाको ज्यान गएको छ । रुसमा २ लाख ४५ हजार ५ सय ८० जना निको भएका छन् ।

चौथो स्थानमा रहेको भारतमा सङ्क्रमितको संख्या ३ लाख ३२ हजार ७ सय ८३ पुगेको छ । भारतमा ९ हजार ५ सय २३ जनाको ज्यान गएको छ ।

यस्तै विश्वमा ४१ लाख ३३ हजार ८ सय ८० जनाले कोरोनालाई जितेका छन् भने ४ लाख ३५ हजार ८ सय ४० जनाको ज्यान गएको छ ।


कस्तो लाग्यो ?

यो पनि