जेठ ०१, २०८१, मंगलबार
               

चीनमा आत्महत्या गर्ने बढे

नेपाल फ्ल्यास
जेठ ३१, २०७७

ADVERTISEMENT

चीनमा कोरोना संक्रमणका कारण ४६ सय नाघेको छ । ८३ हजार संक्रमितमध्ये ७८ हजार ३ सय बढी निको भइसकेका छन् । फाट्टफुट्ट संक्रमित देखिए पनि त्यहाँ लकडाउन खुलिसकेका छन् ।

यतिखेर चीनको मुख्य ध्यान विद्यार्थीहरुको मानसिक स्वास्थ्यमा केन्द्रीत गरिएको छ । लकडाउनश्चात् चीनमा विद्यार्थीहरुले आत्महत्या गर्ने दर बढेर गएको छ । संघाईमा मात्रै प्राथमिक र निम्न माध्यमिक विद्यालयका १४ जना विद्यार्थीहरुले यो वर्ष आत्महत्या गरिसकेका छन् ।

विद्यार्थीबाहेक रोजगारी गुमेका, उपभोग्य वस्तुमा महंगी तथा घरायसी समस्याका कारण पनि आत्महत्या गर्ने क्रम बढ्दो रुपमा रहेकाे त्यहाँका संचारमाध्यमहरुले बताएका छन् । 

अहिलेसम्म संसारभरि ७७ लाख ६० हजारभन्दा बढी संक्रमित भइसकेका छन् भने ४ लाख २८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । संक्रमण र मृत्यु हुनेहरुमा सबैभन्दा बढी अमेरिकामा छ । अमेरिकामा हालसम्म २१ लाख १७ हजार बढी संक्रमित छन् भने १ लाख १६ हजार बढीको मृत्यु भइसकेको छ ।


कस्तो लाग्यो ?

यो पनि