असोज २४, २०८१, बिहीबार
               

दिल्लीमा तापक्रम ४२ डिग्री सेल्सियसभन्दा माथि

नेपाल फ्ल्यास
जेठ ३०, २०७७

ADVERTISEMENT

दिल्लीमा विगत दुई दिनपछि तापक्रममा वृद्धि भएको छ । शुक्रबार दिल्लीका कतिपय भागको तापक्रम ४२ डिग्री सेल्सियसभन्दा माथि पुगेको भारतीय मौसमविदहरूले जनाएका छन् । 

‘द साफ दार्जुङ अब्जर्भेटरी’ द्वारा उपलब्ध गराएको दिल्लीको प्रतिनिधिमुलक तापक्रम ४१.५ डिग्री सेल्सियस रहेको बताइएको छ । 
त्यस्तै पालाम र पुसास्थित मौसम विज्ञान केन्द्रहरूले दिल्लीको  तापक्रम क्रमशः ४२ र ४२.५ डिग्री सेल्सियस रहेको बताएका छन् ।

दिल्लीको आद्रताकोस्तर ४३ र ८० प्रतिशतको बिचमा रहेको जनाइएको छ । दिल्लीमा शनिबार आंशिक बदली भई न्यूनतम र अधिकतम तापक्रम ३० डिग्री सेल्सियस र ४१ डिग्री सेल्सियसबीच रहने पूर्वानुमान मौसम विभागले गरेको छ ।
  
भारतीय मौसम विभाग, क्षेत्रीय मौसम पूर्वानुमान केन्द्रका प्रमुख कूलदीप श्रीवास्तवले दिल्ली र आसपासका क्षेत्रमा आगामी जुन १५ सम्म तातो हावाको लहरहरू बहने हुँदा आवश्यकताबाहेक घरबाहिर ननिस्कन आग्रह गरेका छन् । 


कस्तो लाग्यो ?

यो पनि