जेठ ०५, २०८१, शनिबार
               

भारतमा कोरोना संक्रमण समुदायमा फैलिएको हो ?

एजेन्सी
जेठ ३०, २०७७

ADVERTISEMENT

भारतमा कोरोना भाइरसको संक्रमण समुदायस्तरमा नफैलिएको यहाँको एक अनुसन्धानबाट पत्ता लागेको छ । 

भारतको एक संस्था इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च काउन्सिलले सो कुराको जानकारी दिएको हो ।

उक्त संस्थाका डिजी बलराम भर्गवले भारतमा समुदायस्तरमा कोरोनाको भाइरस नफैलिएको शुक्रबार दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । 

उनले भारतमा निकै कम रफ्तारमा मात्र कोरोना भाइरस फैलिएको अनुसन्धानबाट देखिएको समेत जानकारी दिए । 

उनले भारतका ग्रामीण तथा साना जिल्लाहरुमा कोरोनाको संक्रमण दर एक प्रतिशत मात्र रहेको र सहरमा यसको संक्रमण दर एक प्रतिशतभन्दा केही मात्र बढी देखिएको बताए । 

तर भारतको जनसंख्या धेरै रहेकोले यदि समुदायमा फैलिन थालेमा यसबाट ठूलो क्षति हुने पनि उनले बताए । 

यसैकारणले पनि भारत सरकारले कोरोना भाइरसको परीक्षणको दायरालाई अझ व्यापक बनाउनुपर्ने जानकरी दिए । 

उनले अहिले भारतमा हरेक दिन एक लाख ५० हजार जनाको परीक्षण गर्ने गरिएको बताए ।

तर भारतसँग दिनमा कम्तीमा पनि दुई लाख जनाको परीक्षण गर्न सकिने क्षमता रहेकोले परीक्षणको संख्यालाई पनि दिन प्रतिदिन बढाउदै लैजानुपर्ने उनले सुझाव दिए ।


कस्तो लाग्यो ?

यो पनि