जेठ ०५, २०८१, शनिबार
               

ब्राजिलमा ४० हजारभन्दा बढीको मृत्यु

एजेन्सी
जेठ ३०, २०७७

ADVERTISEMENT

ब्रासिलिया । ब्राजिलको स्वास्थ्य मन्त्रालयले ब्राजिलमा कोरोनाभाइरसका कारण ४० हजार ९१९ जनाको मृत्यु भएको जनाएको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा ब्राजिलमा एक हजार २३९ जनाको ज्यान गएको छ । यही अवधिमा ३० हजार २१४ जना नयाँ संक्रमित देखिएका छन् । 

ब्राजिलमा कोरोनाभाइरसबाट संक्रमित भएका व्यक्तिहरुको संख्या ८ लाख ९ हजार पुगिसकेको छ । 

विश्वमै संयुक्तराज्य अमेरिकापछि ब्राजिलमा सबैभन्दा बढी मानिस संक्रमित भएका छन् । 

अमेरिकामा २० लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । 

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोरोनाभाइरसबाट विश्वभर ७५ लाखभन्दा बढी मानिस संक्रमित हुनुका साथै ४ लाख २० हजारभन्दा बढीको मृत्यु भइसकेको छ । 


कस्तो लाग्यो ?

यो पनि