जेठ ०३, २०८१, बिहीबार
               

अष्ट्रेलियामा नेपालीद्वारा नेपालीलाई नै ठग्ने धन्दा माैलायो

नेपाल फ्ल्यास
जेठ ३०, २०७७

ADVERTISEMENT

अष्ट्रेलियामा महंगो ब्याज दिने भन्दै नेपालीले नेपालीलाई नै ठगी गर्ने प्रवृति बढेको छ ।

नेपालबाट पैसा मगाइदिने, उच्च सटही दरमा नेपाल पैसा पठाइदिने तथा महंगो ब्याजसहित फिर्ता गर्ने शर्तमा पैसा सापटी लिने र पैसा नतिर्ने प्रवृत्ति बढेको अष्ट्रेलियास्थित नेपाली दूतावासले जनाएको छ।

यस्ता ठगीमाथि दूतावासमा व्यापक उजुरी परेको दूतावासले उल्लेख गरेको छ ।

यस्तो कार्यमा संलग्न व्यक्तिहरुलाई कानुनको दायरामा ल्याई पीडितको समस्या सम्बोधन गर्ने सम्बन्धमा १० जुन २०२० मा छलफल समेत गरेको थियो ।

नेपाल राष्ट बैंकका प्रतिनिधि, अष्ट्रेलियास्थित महावाणिज्य दूतहरु, गैह्रआवासीय नेपाली संघ, नेपाली समुदायका सदस्यहरु र अष्ट्रेलियामा रहेका कानुन व्यवसायी तथा पीडितहरु समेतको उक्त छलफलमा आफूहरु मर्कामा परेको भन्दै कानुनी उपचारका लागि अनुरोध गरेका थिए ।

विभिन्न प्रलोभनमा हजारौं डलर ठगी गरेको र कतिपय अवस्थामा त्यस्ता व्यक्तिहरुले पैसा नभएको चेक दिएर झुलाउने गरेको पीडित पक्षको गुनासो थियो। पीडितहरुका गुनासा तथा ठगीको प्रकृतिका आधारमा छलफलमा सहभागी कानुन व्यवसायीहरुले कानुनी उपचारका विभिन्न विकल्पहरु सुझाएका छन् ।

नेपाल राष्ट बैंकका प्रतिनिधिहरुले त्यस्तो कार्यमा संंलग्न भएका व्यक्तिहरुका बारेमा सप्रमाण उजुरी परेमा अष्ट्रेलियाका सम्बन्धित निकायहरुसँग समन्वय गरी नेपालबाटै पनि कारबाही गर्न सकिने जानकारी दिए ।

यस सन्दर्भमा विभिन्न बहाना बनाई ठगी कार्यमा संलग्न व्यक्तिहरुलाई त्यस्तो कार्य तत्काल बन्द गर्न पीडितहरुलाई तिर्न, बुझाउन बाँकी रकम तत्काल बुझाउन दूतावासले आग्रह गरेको छ।

सो कार्य गरेको नपाइएमा त्यस्ता व्यक्तिहरु उपर कडा कारबाहीका लागि नेपाल र अष्ट्रेलियाका सम्बन्धित निकायहरुमा सिफारिस गरिने दूतावासले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि