जेठ ०५, २०८१, शनिबार
               

दोस्रो लहरको संक्रमणको डरका कारण विश्वभर शेयर बजारमा गिरावट

एजेन्सी
जेठ ३०, २०७७

ADVERTISEMENT

कोरोनाभाइरस संक्रमणका घटना बढेमा त्यसले अर्थतन्त्रमा पार्ने प्रभावको चिन्तालाई लिएर आर्थिक बजारहरू ओरालो लागेका छन्।

अमेरिकी अर्थतन्त्रमा सुधार आउन लामो समय लाग्न सक्ने त्यहाँको केन्द्रीय बैंकको चेतावनीपछि विश्व बजारमा गिरावट देखिएको हो ।

अमेरिकाका वित्तीय सूचकहरूले केही हप्तायताकै नराम्रो दिन देखेका छन् । डाव जोन्सको औद्योगिक सूचकमा करिब ७ प्रतिशतले गिरावट आएको छ ।

तेलको मूल्यमा ठूलो क्षति भइरहँदा ऊर्जा तथा यात्रासम्बन्धी स्टकमा सबैभन्दा बढी क्षति पुगेको छ ।

यसअघि युरोपेली तथा एशियाली शेअर बजारमा गिरावट आएको थियो । यूकेको फुट्सी हन्ड्रेड करिब ४ प्रतिशतले ओरालो लागेको छ।

जर्मनीको डाक्स ४.४ प्रतिशतले र फ्रान्सको सीएसी फोटी पनि ४.४ प्रतिशतले खस्केको छ ।

'सरकार, कम्पनी र मानिसहरू दोस्रो लहरको सङ्क्रमणका लागि पहिलोभन्दा अझ राम्ररी तयार हुनेछन्', युरोपेली शेअर मामिलासम्बन्धी विज्ञ रोलान्ड कलोयानले भने ।

'तर समस्या के हो भने सरकारहरूले असीमित रूपमा रकम खर्च गर्न सक्दैनन् ।'

मन्द सुधार

कोरोनाभाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि चालिएका कदमहरू खुकुलो पारिएपछि अर्थतन्त्र तङ्ग्रिन सक्ने आशाबीच शेअर मूल्यमा वृद्धि भएको थियो ।

अमेरिकी रोजगारदाताहरूले मे महिनामा कर्मचारीहरू लिन थालेको आशर्चयजनक रिपोर्टपछि गत हप्ता नास्डाकले नयाँ उचाइ लिएको थियो ।

तर सावधानीपूर्ण सुधार देखियो । बिहीवार अमेरिकी श्रम मन्त्रालयले जनाए अनुसार गत हप्ता थप १५ लाख व्यक्तिले बेरोजगारी भत्ता पाउनका लागि आवेदन दिएका छन् ।

तीन करोडभन्दा बढी मानिसले त्यो सुविधा लिइरहेको उसले जनाएको छ।

बैंकसम्बन्धी नीतिकारहरूले बुधवार जनाए अनुसार यो वर्षको अन्त्यसम्म बेरोजगारी दर ९ प्रतिशतभन्दा माथि रहन सक्छ।

अमेरिकाका थुप्रै राज्यहरूले व्यापार-व्यवसाय खोल्न थालेका छन् र एरिजोना तथा क्यालिफोर्निया सहितका राज्यमा पछिल्ला दिनमा कोरोनाभाइरस संक्रमणका घटनामा वृद्धि देखिएको छ ।

'राष्ट्रिय स्तरमा महामारीको सामना गर्न नपरेको अवस्थामा पनि त्यसले आर्थिक सुधारमा प्रभाव पार्न सक्छ। स्थानीय तहमा सङ्क्रमण बढ्दा त्यसले भ्रमण गर्ने मानिसको आत्मविश्वासमा, रेष्टुराँ तथा मनोरञ्जनका क्षेत्र सञ्चालमा प्रभाव पार्न सक्छ', केन्द्रीय ब्याङ्कका प्रमुख जेरोम पावेलले भने ।

डाउव ६.९ प्रतिशतले ओरालो लागेको छ भने नास्डाक ५.२ प्रतिशतले झरेको छ ।

अमेरिकी अर्थमन्त्री स्टिभन मनुसिनले लकडाउन फेरि लगाइएको देख्न नचाहेको बताए ।

लकडाउनले विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्रलाई यो वसन्तमा हप्तौँसम्म ठप्प बनाएको थियो ।


कस्तो लाग्यो ?

यो पनि