जेठ ०५, २०८१, शनिबार
               

विश्वभर कति पुग्यो मृतकको संख्या ?

एजेन्सी
जेठ ३०, २०७७

ADVERTISEMENT

कोरोना भाइरसको संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या चार लाख २३ हजार नाघेको छ। 

शुक्रबार बिहानसम्मको तथ्यांक अनुसार विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या चार लाख २३ हजार ८६ पुगेको छ ।

पछिल्लो अपडेट अनुसार विश्वभर संक्रमितको संख्या ७५ लाख ८३ हजार नौ सय आठ पुगेको छ ।

गएको २४ घण्टामा विश्वभर चार हजार नौ सय ५१ जनाले कोरोना संक्रमणको कारण ज्यान गुमाएका छन् । यसबीचमा एक लाख ३६ हजार सात सय ५७ जना नयाँ संक्रमित थपिएका छन् ।

गएको २४ घण्टामा सबैभन्दा धेरै ब्राजिलमा एक हजार दुई सय ६१ जनाले ज्यान गुमाएका छन् भने अमेरिकामा नौ सय चार जनाले ज्यान गुमाएका छन् ।

गएको २४ घण्टामा भारतमा संक्रमणको कारण तीन सय ९४ जनाले ज्यान गुमाएका छन् । यो संख्या भारतमा संक्रमण देखिएयताकै सबैभन्दा उच्च हो । बिहीबार एकै दिन भारतमा ११ हजार एक सय २८ जना नयाँ संक्रमित थपिएका छन् ।

योसँगै भारतमा संक्रमितको संख्या झण्डै तीन लाख पुगेको छ । शुक्रबार बिहानसम्मको तथ्यांकअनुसार भारतमा अहिलेसम्म दुई लाख ९८ हजार दुई सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतमा अहिलेसम्म संक्रमणको कारण आठ हजार सात सय ७९ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि