जेठ ०५, २०८१, शनिबार
               

अमेरिकालाई दियो उत्तर कोरियाले फेरि चेतावनी

नेपाल फ्ल्यास
जेठ २९, २०७७

ADVERTISEMENT

उत्तर कोरियाले अमेरिकालाई कोरियाली मामिलामा मौन रहन चेतावनी दिएको छ । अमेरिकाले यदी आफ्नो आगामी चुनाव सहज र शान्त रुपमा सम्पन्न गराउन चाहन्छ भने कोरियाली मामिलामा मौन रहनु नै उसको हितमा रहेको किमको चेतावनी थियो ।

उत्तर कोरियाले दक्षिण कोरियासँग सञ्चार अवरुद्ध गराएकोमा अमेरिकाले प्रतिक्रिया दिएपछि बिहीबार उत्तरले अमेरिकालाई यसबारे नबोल्न चेतावनी दिएको हो ।

अमेरिकी विदेश मन्त्रालयले उत्तरको दक्षिणसँग सञ्चार कटौती गर्ने निर्णयप्रति आपत्ति जनाउँदै विज्ञप्ति निकालेको थियो । ‘यदी अमेरिकाले अरुको आन्तरिक मामिलालाई ध्यान नदिइ लापरवाही हिसावले नाक राख्छ भने उसको राजनीतिक अवस्था सबभन्दा खराब रुपमा बिग्रन्छ ।

उसले सामना गर्न कठिन, अप्रिय चिजको सामना गर्नुपर्ने हुन्छ,’ उत्तरको विदेश मन्त्रालय अन्तर्गत अमेरिकी मामिला सम्बन्धी उत्तर कोरियाली महानिर्देशक कोन जोङ गुनले बताएका छन् ।

यस क्रममा अमेरिकाले आफ्नो जिब्रो थाम्नुपर्ने र उसले आफ्नै आन्तरिक समस्या समाधान गर्नुपर्ने पनि उत्तरको प्रतिक्रिया छ । यस्तो गर्दा अमेरिकी हितमा मात्रै नभएर अमेरिकामा आगामी राष्ट्रपति निर्वाचन सम्पन्न गर्न पनि सहज हुने उत्तरको सुझाव छ ।

अमेरिकामा कोरोनाभाइरस महामारीको संकटका बावजुद आगामी नोभेम्बरमा राष्ट्रपति निर्वाचनको तयारी भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि