जेठ ०८, २०८१, मंगलबार
               

अफगानिस्तानमा बम विस्फोटमा ५ जनाकाे मृत्यु

नेपाल फ्ल्यास
जेठ २८, २०७७

ADVERTISEMENT

अफागानिस्तानको उत्तरी प्रान्त बाल्खमा मंगलबार भएको बम विस्फोटमा परी एकजना जिल्ला प्रमुखसहित पाँच जनाको ज्यान गएको छ । जिल्ला प्रमुख बाहेकका बाँकी चार जना पनि अफगानिस्तानको सरकार समर्थित लडाकूहरू रहेको बताइएको छ । 

उत्तरी अफगानिस्तानको सोरतेपा जिल्लाका जिल्ला प्रमुख क्वारी इब्राहिमको ज्यान गएको हो । साथै सो जिल्लाका स्थानीय मिलिसिया चार जनाको ज्यान गएको हो ।

सो बम तालिबान लडाकू समूहले विस्फोट गराएको हो । उनीहरूका विरुद्ध यहाँको सरकारका समर्थित केही समूह सक्रिय रहेकोले तिनका विरुद्धमा उनीहरूले विगतदेखि नै यस्तो खालको हिंसात्मक हमला गर्दै आएका छन् । 

तालिबानको प्रवक्ता जबिउल्लाह मुजाहिदले सो आक्रमणको जिम्मेवारी लिएका छन् । उनले स्थानीय सरकारहरुले लडाकू समूह खडा गरेर तालिबानका विरुद्धमा आक्रमण गर्न भनेकोले सो बम विस्फोट गराइएको बताएका छन् । 

अफगानिस्तानमा सरकार र तालिबानबीच शान्ति वार्ता हुने भनिए पनि अझै पनि त्यसको सुरुवात भएको छैन । अफगानिस्तानको सरकार, अमेरिका र तालिबानबीच केही महिनाअघि कतारको राजधानी दोहामा तालिबानहरु पनि शान्ति वार्तामा आउने सम्झौता भएको थियो ।  

यसैकारण अफगानिस्तानको सरकारले तालिबानहरूकै मागअनुसार अमेरिकाले अफगानिस्तानबाट सेना फिर्ता गर्ने तथा अफगान सरकारले जेलमा रहेका तालिबानलाई मुक्त गर्ने तयारी थालेको बताइएको छ । 


कस्तो लाग्यो ?

यो पनि