जेठ ०५, २०८१, शनिबार
               

आर्मेनियाका प्रधानमन्त्री डिस्चार्ज, तीनै सुरक्षा प्रमुख बर्खास्त

एजेन्सी
जेठ २७, २०७७

ADVERTISEMENT

आर्मेनिया । कोरोनाभाइरसबाट संक्रमित आर्मेनियाका प्रधानमन्त्री निकोल पाशिनयान डिस्चार्ज भएका छन् । 

एक साताअघि प्रधानमन्त्री पाशिनयान र उनको परिवारका सदस्यहरुमा कोविड–१९ पोजेटिभ देखिएको थियो ।

फेसबुकमा एक सन्देश लेख्दै प्रधानमन्त्री पाशिनयानले आफू र परिवारका सबै सदस्यको कोविड–१९ को पछिल्लो परीक्षणमा नेगेटिभ देखिएको बताएका छन् । 

सोमबार बिहानसम्म आर्मेनियामा १३ हजार ३२५ जना कोरोनाभाइरसबाट संक्रमित देखिएका थिए जसमध्ये २११ जनाको मृत्यु भएको छ । 

कोविड–१९ महामारी फैलिएसँगै आर्मेनिया सरकारले जारी गरेको आपतकालीन स्थिति आगामी जुन १३ तारिखसम्म रहने छ ।

यसैबीच, प्रधानमन्त्री पाशिनयानले मुलुकका तीनै सुरक्षा प्रमुखहरुलाई कोरोना संक्रमण नियन्त्रणमा प्रभावकारी कार्य गर्न नसकेको आरोप लगाउँदै पदबाट बर्खास्त गरेका छन् ।

बर्खास्तमा परेकाहरुमा सेना, प्रहरी र राष्ट्रिय सुरक्षा सेवाका प्रमुखहरु छन् । तर प्रधानमन्त्रीले सुरक्षा निकायका प्रमुखहरुबाट के गल्ती भएको थियो भन्ने बारेमा केही बताएका छैनन् । 

स्थानीय अखबारले सेना प्रमुख आर्तक डाभत्यानले कोरोना संक्रमणकै अवस्थामा आइतबार छोराको विवाह भोज गरेलगत्तै प्रधानमन्त्रीले सेना प्रमुखलाई बर्खास्त गरेको उल्लेख छ । 

आर्मेनियामा ठूला भेला, भोजभतेर गर्न निषेध गरिएको छ । 


कस्तो लाग्यो ?

यो पनि