जेठ ०८, २०८१, मंगलबार
               

इटालीभन्दा धेरै भारतमा संक्रमित

एजेन्सी
जेठ २४, २०७७

ADVERTISEMENT

कोरोनाभाइरसका कारण सबैभन्दा बढी प्रभावित देशहरुको सूचीमा अब भारत छैटौं स्थानमा आएको छ । यसका साथै भारतले चीनलाई निकै पछाडि छोडेको छ । भारतमा अब कोरोना संक्रमितको संख्या २ लाख ३५ हजारभन्दा धेरै भएको छ ।

पछिल्लो तथ्यांकअनुसार भारतमा अब २ लाख ३५ हजार ५ सय ४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । साथसाथै भारतमा कोभिड १९ का कारण ६ हजार ६ सय ३७ जनाले ज्यान गुमाएका छन् ।

अहिले पनि अमेरिकामा सबैभन्दा धेरै प्रभावित छन् । त्यहाँ १८ लाख ८० हजारभन्दा धेरै संक्रमित भेटिएका छन् भने १ लाख ८ हजार ४ सयभन्दा धेरैले कोभिड १९ का कारण ज्यान गुमाएका छन् । त्यहाँ ४ लाख ८५ हजारले कोरोना जितेका छन् ।


कस्तो लाग्यो ?

यो पनि