जेठ ०९, २०८१, बुधबार
               

पाकिस्तानमा ८५ हजार संक्रमित

एजेन्सी
जेठ २३, २०७७

ADVERTISEMENT

पाकिस्तानमा कोरोना भाइरसबाट संक्रमितको संख्या  ८५ हजार पुगेको छ । यहाँ पछिल्लो समय ४ हजार ६८८ जना संक्रमित थपिएका छन् ।

थपिएका संक्रमितसहित पाकिस्तानमा संक्रमितको संख्या ८५ हजार पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले बुधबार मात्र ४ हजार ६५ जना संक्रमित थपिएको जनाएको थियो । शुक्रबार बिहान ४ हजार ६८८ जना पुगेको बताइएको हो । 

पाकिस्तानमा कोरोना भाइरसबाट ज्यान जाने व्यक्तिको संख्या १ हजार ७७० जना पुगेको बताइएको छ । 

भाइरसबाट निको भएका व्यक्तिको संख्या ३० हजार १२८ पुगेको छ । 

पाकिस्तानको सिन्ध प्रान्त सबैभन्दा बढी प्रभावित क्षेत्र हो । यहाँमात्र कोरोनाका ३३ हजार संक्रमित भेटिएका छन् । त्यस्तै त्यसपछिको प्रभावित क्षेत्र भनेको पञ्जाव प्रान्त हो र त्यहाँ ३१ हजार संक्रमित पाइएका छन् । 

यहाँ कोरोना भाइरसका प्रभावितहरुको संख्या प्रति दिन बढिरहेको भए पनि प्रधानमन्त्री इमरान खानले भने देशको अर्थतन्त्रलाई बचाउन लकडाउनलाई लामो समयसम्म जारी नराख्ने बताएका छन् । 


कस्तो लाग्यो ?

यो पनि