जेठ ०८, २०८१, मंगलबार
               

भारतमा कति पुग्यो मृतकको संख्या ?

एजेन्सी
जेठ २३, २०७७

ADVERTISEMENT

भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या दुई लाख २७ हजार ५१ भन्दा बढी पुगेको छ ।

भारतमा परीक्षणको दायरा समेत बढाइएको छ । इन्डियन काउन्सल अफ मेडिकल रिसर्चका अनुसार, जुन ४ मा १ लाख ३९ हजार ४८५ परीक्षण भएको थियो । यो भारतमा अहिलेसम्मकै (एकैदिन) सबैभन्दा बढी परीक्षण संख्या हो । 

भरातमा अहिलेसम्म ४३ लाख ८६ हजारभन्दा बढी परीक्षण भइसकेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा सबैभन्दा बढी ९८३८ नयाँ कोरोना संक्रमित थपिएका छन् । यसअघि बुधबार ९६३८ संक्रमित भेटिएका थिए । 

महाराष्ट्रमा कोरोना संक्रमितको संख्या ७७ हजार, तमिलनाडुमा २७ हजार र दिल्लीमा २५ हजारभन्दा बढी पुगिसकेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमणबाट २७३ जनाको मृत्यु भएको छ । योसँगै भारतमा मृत्यु हुनेको कूल संख्या दुई लाख २६ हजार ७७० पुगेको छ ।

भारतमा एक लाख १० हजार ९६० सक्रिय केस छ । एक लाख नौ हजार ९६० कोरोना संक्रमित कोरोना मुक्त भएर घर फर्किसकेका छन् ।


कस्तो लाग्यो ?

यो पनि