जेठ ०८, २०८१, मंगलबार
               

इरानमा संक्रमित दोब्बर बढे, दोस्रो लहरको महामारी सुरु !

एजेन्सी
जेठ २३, २०७७

ADVERTISEMENT

इरानमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण हुने दर दोब्बर मात्रामा (तीव्र रूपले) बढेको छ।

इरानमा कोरोना संक्रमणको दोस्रो लहरले आक्रमण गरेको हुन सक्ने आशंका गरिएको छ।

इरानको स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार त्यहाँ कोरोनाबाट थप ३ हजार ५७४ जना संक्रमित भएका छन्।

यसरी हरेक दिन ३ हजारका दरले लगातार नयाँ संक्रमित थपिएको यो तेस्रो दिन हो।

इरानमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पनि ८ हजार ७१ पुगेको इरानको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

इरानका राष्ट्रपतिले नागरिकलाई सरसफाइ र तथा शारीरिक दूरीमा ध्यान दिन आग्रह गरेका छन्। अन्यथा अवस्था भयावह हुन सक्ने उनको चेतावनी छ।


कस्तो लाग्यो ?

यो पनि