कोभिड–१९ को विश्वव्यापी महामारीका कारण व्यापारिक गतिविधिमा आएको कमीसँगै अप्रिलमा अमेरिकाको व्यापार घाटा ४९.५ अर्ब अमेरिकी डलर पुगेको छ ।
कोरोनाभाइरसको महामारीका कारण यो समय अमेरिकामा व्यापारिक कारोबार र यातायात बन्द भएका कारण अमेरिकी निर्यात तथा आयातमा निकै कमी आएको र यसका कारण व्यापार घाटा निकै धेरै हुन पुगेको अमेरिकी सरकारले बिहीबार जानकारी गराएको छ ।
अमेरिकी बाणिज्य विभागका अनुसार अप्रिलमा अमेरिकी समान तथा सेवाहरूको निर्यातमा मार्चको तुलनामा २० प्रतिशतले ह्रास आएको थियो भने आयातमा १३.७ प्रतिशत कमी भएको थियो ।