मंसिर ०७, २०८१, शुक्रबार
               

जर्ज फ्लोयडका दाइको गुनासो– ‘ट्रम्पले फोनमा मलाई बोल्ने मौकै दिएनन्’

एजेन्सी
जेठ २१, २०७७

ADVERTISEMENT

गत सोमबार अफ्रिकीमूलका अमेरिकी नागरिक जर्ज फ्लोयडको एक प्रहरी अधिकृतले हत्या गरेपछि अमेरिकाका विभिन्न राज्यमा प्रदर्शन भइरहेका छन्। यसैक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार मृतकका परिवारलाई फोनमार्फत सान्त्वना दिएको र दोषीले सजाय पाउने कुरामा विश्वस्त दिलाएको बताएका थिए। 

‘मैले जर्जको परिवारप्रति दुःख व्यक्त गरें’ ट्रम्पले भनेका थिए‚ ‘यो एउटा साँच्चै नै दुःखदायी क्षण हो। यसमा कोही पनि दोषी उम्कन पाउँदैन’ भन्दै ट्रम्पले फ्लोयडको मृत्युको गहिरो अनुसन्धान गर्ने बताएका थिए।

तर फ्लोयडका दाइ फिलोनायस फ्लोयडका अनुसार परिवारसँग गरेको फोनमा ट्रम्पले परिवारको कुनै पनि कुरा सुन्न मानिरहेका थिएनन्। फिलोनायसलाई ट्रम्पले थोरैमात्र बोल्ने मौका दिएका थिए तर उनले आफ्नो भाइको न्यायका लागि बोलिरहँदा पनि ट्रम्पले उनको कुरामा खासै वास्ता नगरेको उनी बताउँछन्।

‘उनले मलाई बोल्ने मौकासम्म पनि दिएनन्। ‘मैले उनीसँग न्यायको भिख मागिरहें’‚ ‘तिमीले भनेको केही पनि म सुन्न चाहन्न’ भनेझैं गरी ट्रम्पले एकोहोरो आफ्नोमात्र कुरा सुनाएको भन्दै अन्तर्राष्ट्रिय समाचार संस्था एमएसएनबिसीसँग फ्लोयडले भने‚ ‘म उनीसँग केही कुरा गर्न खोजिरहेको थिएँ। तर उनले मलाई एकोहोरो उनको कुरामात्र सुनाइरहे।’

जर्जको घाँटीमा घुँडा टेक्ने डेरेकलाई हत्याको आरोप लगाइएको छ। तर‚ त्यही घटनामा संलग्न अन्य तीन प्रहरी अधिकारीलाई कुनै पनि आरोप लगाइएको छैन। अहिले यही विषयलाई लिएर अमेरिकाका धेरैजसो शहरहरूमा विरोध प्रदर्शन र झडप भइरहेको छ। केही शहरहरूमा कर्फ्यूसमेत लगाइएको छ 

प्रदर्शनकारीलाई ‘भिसियस डग अर्थात् दुष्ट आचरण भएका मानिस’ भन्दै अझ आक्रोश निम्त्याउने बोली बोलेको भन्दै आलोचकहरूले ट्रम्पको विरोध गरेका थिए। 

अमेरिकी उपराष्ट्रपति बिडेनसँगको टेलिफोन वार्तामा आफूले अहिलेसम्म कसैसँग पनि केही नमागेको भन्दै  फ्लोयडले भने‚ ‘विनम्रतापूर्वक मेरो भाइलाई न्याय मिलोस् भनेर धेरै पटक अनुरोध गरें।’


कस्तो लाग्यो ?

यो पनि