बैशाख २२, २०८१, शनिबार
               

प्रेमीले धोका दिएको भन्दै भारतमा एक नायीकाले गरिन् आत्महत्या

नेपाल फ्ल्यास
जेठ २१, २०७७

ADVERTISEMENT

एजेन्सी । भारतमा फेरि अर्की मनोरञ्जन जगतकी अर्की एक नायीकाले आत्महत्या गरेकी छन् । कन्नड नायिका चन्दनाले २८ मे मा विष सेवन गरेर आत्महत्या गरेकी हुन् । २९ वर्षकी चन्दनाले बेंगलुरुस्थित आफ्नो घरमा आत्महत्या गरेकी छन् ।

भारतीय सञ्चार माध्यम जागरणका अनुसार चन्दनाको आत्महत्याको कारण उनका प्रेमी बताइएको छ । आत्महत्या गर्नुअघि चन्दनाले आफ्नो एउटा भिडियो रेकर्ड गरेकी थिइन् । त्यस रेकर्डमा उनले प्रेमीमाथि धोका दिएको आरोप लगाएकी छन् ।

आत्महत्या गर्नुअघि चन्दनाले उक्त भिडियो आफ्ना प्रेमी र परिवारलाई पनि पठाएकी थिइन् । चन्दनाको भिडियो उनीहरुले पाएलगत्तै यसबारे नायिकाका छिमेकीलाई जानकारी दिइएको थियो ।

नायीका चन्दनालाई छिमेकीले अस्पताल पुर्याउन नपाउँदै डाक्टरले उनलाई मृत घोषित गरेका थिए । जानकारी अनुसार चन्दना दिनेश नामका एक युवकसँग पछिल्ला केही वर्षदेखि डेट गरिरहेकी थिइन् । उनले दिनेशसँग विवाहको कुरा निकाल्दा सधैं केही न केही बहाना बनाएर टार्ने गरेको बताइन्छ ।

आत्महत्या गर्नुअघिको उनको बयानमा नायिकाले दिनेशको अर्की महिलासँग पनि अफेयर भएको बताएकी छन् । उनका अनुसार दिनेशले उनलाई धोका दिइरहेका थिए । दिनेशले दिएको धोका सहन नसकेर उनले आत्महत्या गर्न बाध्य भएको बताएकी छन् । चन्दनाको आत्महत्या पछि नै दिनेश फरार रहेको भारतीय मिडियाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि