बैशाख २२, २०८१, शनिबार
               

चीनमा होइन फ्रान्समा देखिएको थियो कोरोनाको पहिलो केस !

एजेन्सी
जेठ २०, २०७७

ADVERTISEMENT

फ्रान्सका वैज्ञानिक तथा चिकित्सकको एक समूहले दाबी गरेका छन् कि, युरोपमा कोरोनाको पहिलो केस जनवरीमा देखिएको थियो । जनवरीभन्दा दुई महिना अघि नै युरोपमा कोरोना भाइरस देखिएको थियो ।

तर उक्त समयमा चिकित्सक कोरोनाको बिरामी तथा लक्षणहरुबारे अनविज्ञ थिए । यदि यो दाबी सही निस्कियो भने, पूरै दुनियाको ध्यान चीनको वुहानबाट हटेर फ्रान्सतर्फ केन्द्रित हुनेछ ।

फ्रान्सका चिकित्सकका अनुसार, यूरोपमा कोरोनाको पहिलो केस नोभेम्बर १६ मा देखिएको थियो । फ्रान्सको कोलमार शहरमा पहिलो केस देखिएको थियो ।

फ्रान्सको उत्तर पूर्वमा रहेको उक्त शहरको अस्पतालमा नोभेम्बरदेखि डिसेम्बरसम्म फ्लूको समस्या लिएर २५०० भन्दा बढी मानिस आएका थिए ।

चिकित्सकहरुले सबै मानिसको एक्सरे रिपोर्ट जाँच गर्यो । तीमध्ये दुई जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । तर उक्त समयमा चिकित्सकलाई यस बिरामी र लक्षणहरुको बारेमा थाहा थिएन । यसकारण यसको रेकर्ड राखिएन । 

कोलमारस्थित अस्पतालका चिकित्सक माइकल श्मिट र उनको समूहले दाबी गरेको छ कि, चीनमा कोरोनाको पहिलो केस नआएको हुनसक्छ । किनकी संक्रमण नोभेम्बरसम्म यूरोपमा आइसकेको थियो ।

फ्रान्सले कोरोनाको पहिलो केसको बारेमा जनवरी २४ मा जानकारी दिएको थियो ।

संसारमा कोरोना भाइरस चीनको वुहानबाट फैलिएको भनिएको छ । चीन सरकारले डिसेम्बर ३१ मा कोरोना संक्रमणबारे जानकारी गराएको थियो ।

अमेरिकी खुफिया एजेन्सीको दाबी छ कि, वुहानमा कोरोना भाइरसको संक्रमण नोभेम्बरमै फैलिएको थियो ।  

-एजेन्सी


कस्तो लाग्यो ?

यो पनि